‘किन लाग्छ माया’को ‘धौले संसार’ गीत रिलिज

चलचित्र ‘किन लाग्छ माया’ को पहिलो गीत सार्वजनिक गरिएको छ । पोस्टरपछि यसको निर्माणपक्षले गीत रिलिज गरेको हो ।
कुबेर तामाङको निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ । सार्वजनिक ‘धौले धन्सार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ ।

पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को उक्त गीतमा स्वर छ । डाक्टर अशाबहादुर तामाङको शब्द रहेको गीतमा पुष्कर सुनुवारकै संगीत छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । अडियो सुमधुर छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिउवाला गौतमसँगै नव–नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको नृत्य देख्न सकिन्छ । गीतको भिडियोलाई कोरियोग्राफरले आकर्षक बनाएका छन् ।

चलचित्रमा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ । राजेन्द्र खड्गीको एक्सन निर्देशन रहेको चलचित्रमा रामशरण उप्रेती र रामकुमार केसीको डीओपी, बनिष शाह र नविन चौधरीको सम्पादन, रामकाजी घिमिरेको पटकथा तथा संवाद, स्याडो रियलको कथा र शब्द छन् ।

यो चलचित्रले दाजुभाइको कथा प्रस्तुत गर्छ । दर्शकको मन जित्नेमा निर्माणपक्ष ढुक्क देखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया