दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा: द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ।फिल्म ‘पुष्पा: द राइज’ को सफलता भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ। यसैबीच ‘पुष्पा द रूल’ को टिजर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरिएकाे टिजरमा पुष्पा तिरूपति जेलबाट फरार भएको प्रसंगलाई समेटिएको छ। प्रहरी पुष्पाको खोजीमा छन् भने सहरमा नारा-जुलुस भइरहेको छ। सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ। अभिनेत्री रश्मिका मन्दनाको जन्मदिनको अवसर पार्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।



अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक-जेलबाट फरार भए पुष्पा
फेसबुकबाट तपाइको प्रतिक्रिया