नेपाली चलचित्र ‘अरिङ्गाल’को छायांकन पर्वत जिल्लाको रमणीय पर्यटकीय स्थल राम्जाबाट सुरु भएको छ। ट्रु इन्टरटेनर्स प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको बिहीबार कलाकार तथा निर्माण टोलीले क्यामेरा पूजा गर्दै छायांकन शुभारम्भ गरेका हुन्।
निर्देशक अमृतो स्वामीको निर्देशनमा निर्माण भइरहेको चलचित्रमा निश्चल खड्का र सोफि धरेल मुख्य भूमिकामा देखिनेछन्।
निर्माण पक्षका अनुसार चलचित्रको छायांकन राम्जा क्षेत्रमा १० दिनसम्म हुनेछ। त्यसपछि बाँकी छायांकन काठमाडौंमा करिब एक महिनासम्म चल्ने फिल्मका लाइन प्रोड्युसर पुष्कर लामाले जानकारी दिएका छन्।
चलचित्रको विषयवस्तु, कथावस्तु तथा अन्य कलाकारका बारेमा भने निर्माण पक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।



पर्वतको राम्जाबाट सुरु भयो नेपाली चलचित्र ‘अरिङ्गाल’को छायांकन
फेसबुकबाट तपाइको प्रतिक्रिया