चलचित्र रमिताको पिरती ले प्रदर्शनको दोस्रो हप्तामा उल्लेखनीय दर्शकको साथ पाउन थालेको छ। पहिलो हप्तामा अपेक्षाअनुसार व्यापार गर्न नसके पनि दोस्रो हप्तादेखि हलहरूमा चहलपहल बढेसँगै विभिन्न स्थानमा शो संख्या थपिएको छ।
विशेषगरी युवापुस्तामाझ फिल्मले राम्रो क्रेज बनाएको देखिन्छ। प्रेम, सम्बन्ध र समकालीन पुस्ताको भावनालाई नजिकबाट प्रस्तुत गरिएको कथावस्तुले युवादर्शकलाई आकर्षित गरेको बताइन्छ। सामाजिक सञ्जालमा फैलिँदै गएको सकारात्मक प्रतिक्रियाले फिल्मको ‘वर्ड अफ माउथ’ बलियो बन्दै गएको छ।
सुदिप्ता को लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सागर लम्साल को लगानी रहेको छ। मुख्य भूमिकामा अभिनेत्री आना शर्मा देखिएकी छन्, जसको अभिनयलाई विशेषगरी युवादर्शकले मन पराएको प्रतिक्रिया छ। उनका साथै विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ र रेनु योगी लगायत कलाकारको अभिनय रहेको छ।
वितरक करण श्रेष्ठ का अनुसार दोस्रो हप्तामा हलहरूले धेरै शो दिएका छन् र दर्शक, विशेषगरी युवापुस्ताबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
युवापुस्ताको साथसँगै फिल्मले आगामी दिनमा अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।



दोस्रो हप्तामा रमिताको पिरती ले समातेको रफ्तार
फेसबुकबाट तपाइको प्रतिक्रिया