विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

फिल्म ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलर बिहिबार एक कार्यकमकाबीच सार्वजनिक गरिएको हो ।

सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा भनेको ट्रेलरमा बाबुको भूमिकामा विजय बराल छन् । छोराको भूमिकामा प्रकाश सपुत छन् । सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

संगीतकार प्रशान्त शिवाकोटीको संगीत दिएका छन् भने हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।

आगामी कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । यो फिल्मलाई देश तथा विदेशमा वितरण सेभेन सिज इन्टरटेनमेन्टले गर्नेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया