अनिता खड्का ‘Mrs Glamour Look Sapphire Queen 2025’ चयन, अन्तर्राष्ट्रिय ताज नेपाललाई

फिलिपिन्सको मनिला सिटीमा सम्पन्न ‘Mrs Glamour Look of the Year 2025’ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली प्रतिनिधि अनिता खड्काले ‘Mrs Glamour Look Sapphire Queen 2025’ को ताज जितेकी छन्। नोभेम्बर २८ मा सम्पन्न यो प्रतिस्पर्धामा उनी विजयी बनेसँगै नेपालको नाम पुनः अन्तर्राष्ट्रिय स्तरमा उजागर भएको छ।

महिला मानसिक स्वास्थ्य क्षेत्रमा सक्रिय मनोवैज्ञानिक तथा ‘Mrs National Classic Season 3’ की उपाधि विजेता रहेकी खड्काले यो पटक अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति दिएर निर्णायकको मन जितिन्। प्रतियोगिताका विभिन्न सेसनमा देखाएको अनुशासन, व्यक्तित्व, प्रस्तुती शैली र आत्मविश्वास नै उनको सफलताको मुख्य आधार मानिएको छ।

अन्तर्राष्ट्रिय मंचमा प्रस्तुति दिनुअघि अनिताले काठमाण्डौस्थित Crezona Media मार्फत पर्सनालिटी ग्रुमिङ, स्टेज प्रेसेन्स, क्याटवाक र पब्लिक स्पिकिङको व्यावसायिक प्रशिक्षण लिएकी थिइन्। प्रशिक्षणले उनको प्रस्तुति झन् निखारिएको बताइन्छ।

विजयपछि नोभेम्बर ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्केकी खड्कालाई सामाजिक संघ–संस्था, सञ्चारकर्मी र समर्थकहरूले भव्य स्वागत गरेका थिए। पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्,
“यो ताज मेरो मात्र होइन, संघर्ष र आत्मविश्वासका साथ अघि बढ्ने सबै नेपाली महिलाको हो।”

उनको सफलताले नेपाली महिलाको क्षमता, प्रतिभा र नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा पुनः चिनाउने काम गरेको छ। साथै, यस उपलब्धिले महिलाहरूलाई आफ्नो लक्ष्य पहिल्याउन र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न प्रेरणा मिलेको बताइएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया