लोकप्रिय नायिका पूजा शर्मा मंसिर २० गते आफ्ना प्रेमी युद्ध बानियासँग विवाह बन्धनमा बाँधिन लागेकी छिन्। केही समययता विवाह तयारीमा व्यस्त रहेका दुवैको विवाह कार्यक्रम काभ्रेको फरच्यून होटलमा भव्य रूपमा हुने भएको छ।
पूजाले विवाह कार्यक्रममा नजिकका आफन्त, साथी–भाइ तथा सयभन्दा बढी फिल्मकर्मीहरूलाई निमन्त्रणा गरेकी छिन्। करिब छ वर्षदेखि प्रेम सम्बन्धमा रहेका पूजा र युद्धले लामो समयको साथ सहयोग र विश्वासलाई अब वैवाहिक जीवनमा रूपान्तरण गर्न लागेका हुन्।
यसअघि पनि पूजाको विवाहबारे चर्चाहरू भए तापनि उनले ती सबै कुरालाई निरन्तर नकार्दै आएकी थिइन्। तर, यसपटक दुवैले आफ्नो प्रेमलाई औपचारिक रूपमा विवाहमा परिणत गर्ने निर्णय पक्का गरेका छन्।
प्रेम सम्बन्धपछि दुवै जना ललितपुरको झम्सिखेलमा ट्याग रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। पर्दामा अनेकौँ पटक बेहुली बनेकी पूजा अब भने वास्तविक जीवनकै बेहुली बन्ने तयारीमा छिन्।



नायिका पूजा शर्मा विवाह बन्धनमा, मंसिर २० गते युद्ध बानियासँग विवाह
फेसबुकबाट तपाइको प्रतिक्रिया