भारतीय र नेपाली फिल्मकर्मीको संयुक्त सहकार्यमा बन्न लागेको फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । हिन्दी र नेपाली दुवै भाषामा निर्माण हुन लागेको यो फिल्मको गीतहरू पनि दुवै भाषामा तयार पारिने तयारी गरिएको छ ।
बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्म हाल प्रि–प्रोडक्सनको चरणमा पुगेको छ । निर्माण पक्षले फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने लक्ष्य लिएको छ ।
फिल्मको लेखन र निर्देशन किङ योगीले गर्ने भएका छन् । भारतसहित विभिन्न देशका अनुभवी प्राविधिकहरू यस परियोजनामा संलग्न हुने तयारी गरिएको छ । कथाशैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुँदै गरेको यस फिल्मको छायांकन केही महिनाभित्र सुरु गरिने बताइएको छ ।
सार्वजनिक गरिएको थिम पोस्टरबाटै फिल्ममा रोमान्स र एक्सनको मिश्रण देख्न सकिने संकेत मिलेको छ । फिल्मले “प्रेमका लागि युद्धसम्म जाने परिस्थितिको कथा” प्रस्तुत गर्नेछ, जसले दर्शकमा नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।



फिल्म ‘मोना लिसा (ब्लडी लभ)’को थिम पोस्टर सार्वजनिक, प्रेम र युद्धको कथासँग नयाँ भिजुअलको तयारी
फेसबुकबाट तपाइको प्रतिक्रिया