काठमाडौँ । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सिटामोल’ का निर्माता भुगोल कुमार कार्की अभिनीत नयाँ म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको गीतमा कार्कीका साथमा मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन्।
बरिष्ठ गीतकार हरिभत्त बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारले स्वर भरेका छन्। गीतमा भिम बिसीको संगीत र केशव बढुको संगीत संयोजन (एरेञ्ज) रहेको छ।
भिडियोलाई गंगा श्रेष्ठ र पुनित मेहताले निर्माण गरेका हुन्। छायांकनको जिम्मा नवराज उप्रेती नेतृत्वको टिमले सम्हालेको छ। निर्देशन र कोरियोग्राफी विशाल कैनीले गरेका छन् भने सम्पादन तथा रंग संयोजन (कलर ग्रेडिङ) मिलन विश्वकर्माले गरेका छन्।
‘दुरी मलाई हुनु छैन्’ गीतमा कार्कीको अभिनय प्रस्तुतिले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ। चलचित्र ‘सिटामोल’ र म्युजिक भिडियो दुवैमार्फत निर्माता कार्कीले कलाकारिता क्षेत्रमा आफूलाई फरक रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।



‘सिटामोल’ निर्माता भुगोल कार्की अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक
फेसबुकबाट तपाइको प्रतिक्रिया