किन गरे प्रभासले नाम परिवर्तन ?

बलिउड । भारतीय अभिनेता प्रभासलाई विश्वभर परिचित गराउने फिल्म बन्यो ‘बाहुबली’ । यसको दुई सिरिजमार्फत उनी लोकप्रिय भए । विश्वभर उनको फ्यानले उनलाई पर्दामा प्रतीक्षा गरिरहेका हुन्छन् । तर, प्रभासले ती फ्यानलाई खुसी बनाउन सकेका छैनन् । त्यसयता उनका फिल्महरू असफल भएका छन् । उनकै फ्यानले पनि खुलेर फिल्मको प्रसंशा गर्न सकेका छैनन् । केही फिल्मको बजेट अत्यधिक भएकै कारण राम्रो कमाई गरेता पनि ‘फ्लप’ भईरहेको छ ।

‘कल्की २८९८ ईस्वी’को रिलिजको तयारीमा रहेका प्रभासको नयाँ फिल्म घोषणा गरिएको छ । उनको नयाँ फिल्म ‘द राजा साब’ को फस्टलुक सार्वजनिक गर्दै रोमान्टिक–हरर ड्रामा हुने बताइएको छ । यद्यपि यसमा उनको नाममा केही परिवर्तन गरिएको छ । उनको नाममा एउटा एस (S) थपिएको छ । अर्थात् #Prabhas मा S थपेर #Prabhass बनाईएको छ ।

लगातार फिल्म फ्लप भएपछि उनले यस्तो गरेको हुन् सक्ने अनुमान गरिएको छ । यद्यपि यस विषयमा प्रभासले केही खुलाएका छैनन् । उनले फिल्म पाँच भाषामा रिलिज हुने र यसलाई मारुतीले निर्देशन गर्ने जनाएका छन् । सार्वजनिक मोसन पोस्टरमा उनको नाममा परिवर्तन पाएपछि केही फ्यानले प्रश्न पनि गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया