‘किसीका भाइ किसीका जान’को टिकट बुकिङ आक्रामक

चार वर्षपछि अभिनेता सलमान खान पुनः एक पटक इदमा आफ्नो फिल्म ‘किसी का भाइ किसी का जान’ लिएर आउँदै छन् । फरदाह सामजीको निर्देशन रहेको फिल्म २१ अप्रिलमा थिएटरमा रिलिज हुँदैछ । फिल्मको एडभान्स बुकिङ खुलिसकेकाले फिल्मको टिकट लिनेको सङ्ख्या उल्लेख्य छ । मंगलबार साँझसम्म पहिलो दिनको शोका लागि पीवीआर, आइनोक्स र सिनेपोलिसमा करिब १० हजार बढी टिकट बिक्री भइसकेको छ । सिंगल स्क्रिनमा पनि फिल्मप्रति दर्शकको चासो उच्च छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया