विश्वविख्यात महायोगी पाइलट बाबा नेपाल भ्रमणमा आउने

काठमाडौँ-  विश्वविख्यात महायोगी पाइलट बाबा नेपाल भ्रमणमा आउने भएका छन्। भारतमा सन्न्यासीहरुको सबैभन्दा ठूलो अखाडा जुना अखाडाको वरिष्ठम महामणडलेश्वर सोमनाथ गिरी पाइलट बाबाका नामले चिनिन्छन्। उनी उज्जैन पीठाधीश्वर पनि हुन्। भर्खरै हरिद्वारस्थित पाइलट बाबा आश्रमबाट नेपाल फर्केका लेखक ज्ञानमित्रका अनुसार उनी वैशाख १५ गते नेपाल आइपुग्नेछन्। विगतमा कैयन पटक नेपाल भ्रमणमा आइसकेका उनी कोरोनाकालपछि पहिलोपटक नेपाल आउन लागेका हुन्। नेपाल बसाइका क्रममा उनी चितवन र हेटौँडामा बस्नेछन्। अहिलेसम्म काठमाडौँ आउने निश्चित भएको छैन। ज्ञानमित्रका अनुसार हेटौँडा – भैंसेस्थित त्रिखण्डी महादेवमा एउटा आश्रम बनाउन पाइलट बाबा इच्छुक छन्। यसपटकको भ्रमणको मूल उद्देश्य आश्रम निर्माण नै हो। त्रिखण्डी महादेव पाइलट बाबाको गुरुस्थली हो। उनका गुरु हरि बाबा तथा हरि बाबाका गुरु अवतार बाबाको समाधि त्रिखण्डीमै छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया