‘स्त्री २’काे -राजकुमार राव र श्रद्धा कपूरले गरे घोषणा

भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूरले ‘स्त्री २’ काे सिक्वेल घोषणा गरेका छन् । उनीहरूले १२ अप्रिलमा एक कार्यक्रमकाबीच आफ्नो फिल्म ‘स्त्री’ को सिक्वेलको औपचारिक घोषणा गरेका हुन् ।सन् २०१८ मा आएको राजकुमार राव र श्रद्धा कपूरको हरर कमेडी फिल्म ‘स्त्री’लाई दर्शकले निकै रुचाएका थिए । फिल्ममा राजकुमार राव र श्रद्धा कपूरको अभिनयले दर्शकलाई निकै मोहित बनाएको थियो । दर्शकको अथाह माया र साथकाबीच उनीहरूलाई फेरि हँसाउन र डराउनको लागि ‘स्त्री २’ लिएर फर्किएको अभिनेता राजकुमार बताउछन्। फिल्म ‘स्त्री’ को अन्तिम दृश्यले दर्शकलाई अन्योलमा पारेपछि दर्शकको मनमा प्रश्न उठेको छ । यसको जवाफ फिल्मको दोस्रो भागमा पाउन सकिने उनले बताए । ‘स्त्री २’ को रिलिज मिति सार्वजनिक भएपनि दर्शकले याे हेर्न लामो समय कुर्नुपर्नेछ । फिल्म २०२४मा रिलिज हुने बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया