बलिउड अभिनेत्री अमीषा पटेल विरूद्ध चेक बाउन्स मुद्दा- पक्राउ पुर्जी जारी

बलिउड अभिनेत्री अमीषा पटेल र उनका बिजनेस पार्टनर कुणाल गूमरविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। भारतको झारखण्डस्थित राँचीको अदालतले उनीहरूलाई चेक बाउन्स, धोका र धम्कीको मामिलामा पक्राउ पुर्जी जारी गरेको हो। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार यसै मुद्दामा अदालतले पहिला उनलाई हाजिर हुन नोटिस जारी गरेको थियो। अदालतमा हाजिर नभएपछि उनीमाथि पक्राउ पुर्जी जारी गरेको हो। यसबारे १५ अप्रिलमा सुनवाइ हुँदैछ। पटेलविरूद्ध राँची निवासी फिल्म निर्माता अजय कुमार सिंहले १७ नोभेम्बर २०१८ उजुरी दिएका थिए। उनले म्यूजिक एल्बम र फिल्मको नाममा आफूसँग पैसा लिएर ठगी गरेको आरोप लगाएका थिए।अमीषाले फिल्म ‘देशी म्याजिक’ का लागि सिंहसँग २ करोड ५० लाख भारू लिएकी थिइन्। जुन अमीषाले फिर्ता गरिनन्। पैसा फिर्ता मागेपछि पटेलले दुई चेक दिए पनि उक्त  चेक बाउन्स भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया