बलिउड अभिनेता सलमान खानलाई केहिसमययता लगातार धम्की आउने गरेको छ । हालै, उनलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएको थियो। त्यसपछि मुम्बई प्रहरीले उनकाे सुरक्षा बढाएको थियो ।यसैबिच अभिनेता सलमानले ठुलाे निर्णय लिएका छन् । लगातार धम्की आएपछि उनले नयाँ बुलेटप्रुफ गाडी किनेका छन् । सलमानले निसान पेट्रोल एसयूभी पनि आफ्नो ग्यारेजमा थपेका हुन् । यो गाडी अहिलेसम्म भारतीय बजारमा लन्च भएको छैन । उनको सबै सुरक्षालाई ध्यानमा राखेर यो गाडि पठाइएको हो। यो गाडी दक्षिण एसियाली बजारमा सबैभन्दा लोकप्रिय र महँगो मानिन्छ। सुरक्षाको दृष्टिकोणले यो बुलेटप्रुफ गाडी निकै विशेष छ ।



बलिउड अभिनेता सलमान खानलाई लगातार धम्की आएपछि किने बुलेटप्रुफ गाडी
फेसबुकबाट तपाइको प्रतिक्रिया