चर्चित र्याप गायक बादशाहले दोस्रो विवाह गर्न लागेको खबर सार्वजनिक भएको छ । भारतिय सञ्चारमाध्यमका अनुसार, बादशाह लामो समयदेखि अभिनेत्री ईशा रिखीसँग प्रेममा छन् । उनहिरु एकअर्काका लागि निकै गम्भीर रहेको र छिट्टै विवाह गर्ने खबर आइरहेका छन्। विगतमा बादशाहसँग काम गरिसकेका म्युजिक लेबलका एक कर्मचारीले पनि यसबारे पुष्टि गरेका छन् ।
गत वर्ष बादशाह र इशा रिलेशनशिपमा रहेको खबर इन्टरनेटमा छाएको थियो । तर, यि दुवैले यसबारे केहि प्रतिकृया दिएका थिएनन् । रिपोर्टका अनुसार बादशाहले विवाहको किनमेल पनि सुरु गरिसकेका छन् । विवाहको बारे उनका परिवारका सदस्य र नजिकका साथीलाई मात्र थाहा भएको बताईएको छ। यो खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा हलचल मच्चिएको छ ।
यो बादशाहको दोस्रो विवाह हुन लागेको हो । उनले पहिलो विवाह जस्मिन मसिहसँग गरेका थिए । उनीहरुकी एक छोरी जेसामी ग्रेस मसिह सिंह छन्, जसको जन्म २०१७ मा भएको थियो। बादशाह र जस्मिन सन् २०२० मा अलग भएका थिए । उनीहरुको सम्बन्धविच्छेदको कारण भने अहिलेसम्म खुलेको छैन ।



चर्चित र्याप गायक बादशाहले पन्जाबी अभिनेत्री ईशा रिखीसँग दोस्रो विवाह गर्दै
फेसबुकबाट तपाइको प्रतिक्रिया