ओठैले बोल्दैमा कहाँ माया लाग्छ र
ओठैले बोल्दैमा कहाँ माया लाग्छ र
माया त बसी जाने हो
केही दिनयता टिकटकमा यो गीत छाउँदै गएको छ । गीतको टुक्कामा थुप्रैले लिपसिङ दिँदै टिकटक भिडियो बनाएका छ्न्, विशेषगरी युवा युवती । एक साताअघि ‘चरी बस्यो’ शीर्षकमा सार्वजनिक यो गीतमा कालीप्रसाद बास्कोटाको शब्द एवं स्वर छ । दयाहाङ्ग राई र मेरुना मगर अभिनित फिल्म यो नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी’मा समावेश गीत हो । गीतको लिरिकल भिडियोमा फिल्मका अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिचर्ड छन् ।गीतको भिडियोले युट्युबमा पनि राम्रो भ्युज पाइरहेको छ । फिल्म ‘जारी’ उपेन्द्र सुब्बाको निर्देशन एवं रामबाबु गुरुङको निर्माणमा बनेको हो ।



दयाहाङ्ग राई अभिनित फिल्म “जारि” को गीत टिकटकमा भाइरल बन्दै, फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा आउने
फेसबुकबाट तपाइको प्रतिक्रिया