बलिउड अभिनेत्री परिणिती चोपडा बुधवार साँझ दिल्ली एयरपोर्टमा आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डासँग देखिइन् । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा उनीहरूको सम्बन्ध र विवाहको हल्लाले बजार तातेको छ ।यद्यपि दुवैले हालसम्म यसबारे खुलेर कुनै प्रतिक्रिया दिएका छैनन् । हालै संसद् परिसरमा पत्रकारले राघव चड्डालाई परिणितीसँग सम्बन्धित प्रश्न सोध्दा उनले ‘तपाईं राजनीतिबारे प्रश्न गर्नुहोस्, परिणितीबारे होइन ।’समाचार एजेन्सी एएनआईका अनुसार, परिणीति चोपडा र राघव चड्डा हिजो राति पत्रकार र फोटोग्राफरहरूलाई बेवास्ता गर्दै छिटो छिटो कार भित्र गइरहेको देखिए ।



परिणिती चोपडा र राघव चड्डाको विवाहको हल्ला,दिल्ली एयरपोर्टमा दुवै एकसाथ
फेसबुकबाट तपाइको प्रतिक्रिया