नायक अनमोल केसी र सलोनको एकैदिन जन्मदिन, को कति बर्ष लागे ?

नायकद्वाय अनमोल केसी र सलोन बस्नेतको आज एकैदिन जन्मदिन परेको छ । तिथि र मिती मिल्दा अनमोल र सलोनको रामनवमी, चैत १६ गते जन्मदिन पर्न गएको हो ।अनमोल यो सालबाट २९ पुरा पुगेका छन् भने सलोन ३२ वर्षमा प्रवेश गरेका छन् । सलोन र अनमोलले एउटै फिल्म ‘होस्टेल’ बाट अभिनय यात्रा सुरु गरेका हुन् । त्यस पश्चात् उनीहरुले ‘गाजलु’, ‘ए मेरो हजुर २’, ए मेरो हजुर ३’ मा एकसाथ अभिनय गरे । यी दुई मिल्ने साथी पनि हुन् । अनमोलले सलोनको बिहे मण्डपमा पुगेर जुरुक्कै बोकेका थिए । सलोनकि श्रीमती करिश्मालाइ केहि दिन यता सोक परेको छ। करिश्माका आफ्नै भाइ किरण केसीको यक्सीडेन्टमा निधन भएको थियो। सलोन हाल फिल्म ‘जय हो’ को छायाँकनमा व्यस्त छन् भने अनमोल ‘जेरी २’ को प्रि-प्रोडक्सनमा व्यस्त छन् । फिल्म नगरीका दुई हितैषीलाई जन्मदिनको धेरै धेरै सुभकामना सिनेदर्पणको तर्फबाट।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया