
कोरोनाका कारण आक्रान्त बनेको विश्वको सामु नेपालि चलचित्र क्षेत्र समेत अछुत रहन सकेन कोरोनाकाल करीब ९ महिना बन्द रहेका नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय चलचित्र निमार्ण ढिलासुस्ति भएकै हलहरुमा सिनेमा नभएको पाईएको छ ।
कोरोना काललाई पार गर्दै र विभिन्न सुरक्षाका सामग्रीहरुलाई मध्यनजर गर्दै गत पुष १० गतेबाट नेपाली सिनेमा घरहरु खुले । सिनेमा हल खुलेको दुई महिना भइसक्दा पनि दर्शकको उत्साहजनक उपस्थिति छैन । न त हलमा नयाँ चलचित्र नै छन् ।
निर्माताहरु नयाँ चलचित्र प्रदर्शनका लागि तयार नहुँदा अहिले सिनेमा हलमा पुराना चलचित्र रि-रिलिज भइरहेका छन् । भ्यालेनटाइन डेबाट १३ वर्ष अगाडि प्रदर्शन भएको चलचित्र ‘सानो संसार’ रिलिज भयो ।
सोमवारबाट गत वर्षको सफल चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ लाई पुनः प्रदर्शन गरिएको छ भने शुक्रवारबाट १३ वर्ष पुरानो अभिनेता सौगात मल्ल स्टारर चलचित्र ‘कागबेनी’ रि-रिलिज भएको छ । यो चलचित्र क्यूएफएक्स चेनमा मात्र प्रदर्शनमा आएको छ । भुषण दाहाल निर्देशित चलचित्रलाई क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन, भाष्कर ढुंगानाले निर्माण गरेका हुन् ।
नयाँ चलचित्र नहुँदा मल्टीप्लेक्सहरुमा हिन्दी डब चलचित्र ‘मास्टर’, चिनियाँ सुपरहिरोइन चलचित्र ‘मूलन’ र हलिउड चलचित्र ‘मोन्स्टर हन्टर’ को प्रदर्शन यथावत छ । तर, यी कुनै चलचित्र हेर्न हलमा दर्शक छैनन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया