कमल बिसी र रचना रिमालको पहिलो सहकार्य नै सार्बाधिक चर्चामा “मार्यो मायाले” ‘भिडियो’

दशैँ तथा दिपावलीको शुभकामना सहित बजारमा आएको “मार्यो मायाले” गीतले धेरै दर्सक श्रोताहरुको मन जित्न सफल भएको छ । पारस सोनीको शब्द सृजना रहेको गीतमा युवा पुस्ताका मनमुटुमा बस्न सफल लोकप्रिय गायक कमल बिसी माल्दाईको संगितमा कमल बिसी र रचना रिमालको स्वरमा रहेको गितले निकै नै चर्चा कमाएको छ । ५ लाख हाराहारी दर्शक स्रोताको नजरमा पुगिसकेको गित सामाजिक संजाल टिकटकमा पनि उत्तिकै लोकप्रिय बन्दै आएको छ ।

कमल बिसी माल्दाईका हरेक सृजना उत्तिकै राम्रा छन् भने केहि सिर्जनाले बजार हल्लाएका छन् । बिगत लामो समय देखि निरन्तर यहिँ क्षेत्रमा होमिएका बिसी एक पछी अर्को गित बजारमा ल्याउने तयारीमा रहेका छन् । उनले गाएका प्राय सम्पूर्ण गीतहरु युवापुस्तालाइ लछित गरिएका हुन्छन भने प्रेमिल गायनमा उनि प्रख्यात समेत छन । यस गीतमा स्वर दिएको रचना रिमालको पनि आफ्नै पहिचान रहेको छ । रचना रिमाल पनि छोटो समयमा नै लोकप्रिय बनेकी एक संघर्षशिल गायिका हुन् । रचनाको स्वरमा दर्जनौ गित बजारमा आईसकेका छन् भने कोहि गीतले निकै नै चर्चा पाएको छ । रचना रिमाल पनि एक सम्भावना बोकेकी गायिका हुन् ।

काजीश श्रेष्ठको निर्देशन रहेको गीतको भिडियो छायांकन ज्ञानेन्द्र सर्माले गर्नु भएको हो भने दिपक बिष्टले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा पछिल्लोपटक सामाजिक सञ्जाल तथा युवा पुस्ता माझ निकै नै लोकप्रिय बनेकी चर्चीत मोडल रियासा दाहाल, बर्षा रानाभाट, किरण बि के, र सुदीप चौधरीले अभिनय गर्नु भएको छ। बांगेस्वरी म्युजीक कम्पनीले निर्माण गरेको म्युजिक भिडियो कमल बि सी माल्दाईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । गितले अझै सफलता पावस सिनेदर्पण डटकमको तर्फबाट शुभकामना ।

फेसबुकबाट तपाइको प्रतिक्रिया