लोकस्टारका प्रतिस्पर्धी तथा इमेज लोक कलाकार सिजन २ का बिजेता ,लोक गाएक रामकुमार नेपाली र गायिका सुमित्रा कोइराला को आवाजमा रहेको ‘सुनन मायाले’ बोलको गित भर्खरै मात्रै बजारमा सार्वजनिक भएको छ।
आफ्नै शब्द तथा सङ्गीत रहेको उक्त गितलाई गायिका सुमित्रा कोइरालाले आफ्नै च्यानल ‘सुमित्रा कोइराला’ मार्फत सार्वजनिक गर्नुभएको हो।
माला श्री स्टुडियोमा रेकर्ड भएको उक्त गितको अरेंजर कृष्ण बिक रहनुभएको छ भने अडियो सम्पादन खडक बाजुराली ले गर्नुभएको हो। टिकटक मा पनि उत्तिकै चर्चा कमाईसकेको यस गितलाई कलाकार लोमश शर्मा, बिनु शाक्य र रिना थापा मगरले प्रकाश भट्टको निर्देशन रहेर आफ्नो मायाप्रेमले भरिपुर्ण अभिनय गरेर झनै सुनमा सुगन्ध बनाईदिनु भएको छ।
गोदावरी भिलेज रिसोर्टमा छायाँकन भएको ‘सुनन मायाले’ को भिडियो सम्पादन भने बिष्णु शर्माले गर्नुभएको छ।



रामकुमार नेपाली र गायिका सुमित्रा कोइरालाको’सुनन मायाले’ सार्वजनिक
फेसबुकबाट तपाइको प्रतिक्रिया