चर्चित लोकदोहोरी गायक तथा सर्जक चन्द्र शर्माको तीज गीत बजारमा आएको छ । बाटुलो ‘बाटुलो ऐना’ बोलको तीज गीत भर्खरै मात्र भिडियोसहित बजारमा आएको हो ।
कलाकार रबिन लामिछानेको शब्द संगीत रहेको गीतमा शर्मा सँगै मञ्जु ज्योती गौडेल पाण्डेको आवाज रहेको छ । चर्चित निर्देशक शंकर विसीको निर्देशनमा तयार पारिएको गीतमा विसीसँगै अञ्जली अधिकारीको अभिनय रहेको छ ।
गीतलाई गायक स्वयम् शर्माकै अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको हो ।



चन्द्र शर्मा र मञ्जु ज्योतीको तीज गीत ‘बाटुलो ऐना’ बजारमा (भिडियोसहित)
फेसबुकबाट तपाइको प्रतिक्रिया