नरेश खाती क्षेत्रीको कमेडियनशैलीमा तयार पारिएको गीत ‘चोखो माया लाम्ला’ बजारमा (भिडियोसहित)

लोक तथा दोहोरी गायक नरेशखाती क्षेत्रीको नयाँगीत ‘चोखो माया लाम्ला’ भर्खरैमात्र सार्वजनिक भएको छ । कमेडियनशैलीमा तयार पारिएको गीतमा खातीसंगै तामाङको आवाज रहेको छ ।

शब्द, संगीत र गायन सबै बिधामा सफल मानिनुभएका खाती पछिल्लो समय दर्शकश्रोताको रोजाईमा पर्ने कलाकारमा पनि पर्नुहुन्छ । उहाँले बजारमा ल्याएका सबै गीतहर्रु उत्तीकै रुचाईएका र चर्चामा रहेका छन् ।

गीतमा शब्द तथा संगीत स्वयम् गायक खातीको रहेको छ भने विष्णु सापकोटा ‘हर्के हवल्दार’, पुजन घिमिरे, झक्कड थापा र बल बहादुर खातीको अभिनय रहेको छ ।

गीतलाई प्रकाश भट्टले निर्देशन गर्नुभएको छ भने गोरक्ष म्युजिक प्रालिले व्यवस्थापन गर्नुकासाथै गायक खातीको आफ्नै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतले सबैको मन जितोस हाम्रो शुभकामना ।

फेसबुकबाट तपाइको प्रतिक्रिया