मोहन खड्काको प्रतिक्षित गीत आँसु झारेरमा आयुष्मा र प्रकाशको दर्दनाक अभिनय (भिडियोसहित)

गायक मोहन खड्काले आसा गरेको र दर्शक स्रोताको प्रतिक्षामा रहेको गीत आँसु झारेर बजारमा आएको छ । केही समय अगाडी टिकटकमा सार्वजनिक भएको गीतलाई दर्शक स्रोताले एकदमै प्रतिक्षा गरेका थिए ।

मोहन खड्का र प्रतिमा विश्वकर्माको आवाजमा रहेको गीत खड्काको आफ्नै युटुव च्यानलबाट बजारमा आएको हो । कपिल लामाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा आयुष्मा कार्की र प्रकाश सापकोटाको अभिनय रहेको छ ।

शिव पौडेलको शब्द रहेको गीतमा संगीत स्वम् खड्काले नै भरेका छन् । गीतमा बाध्यताले वैदेशिक रोजगारीमा जानुको पिडा देखाउन खोजिएको छ ।

खड्काले हामीसँगको कुराकानीमा यसअघिका गीत जस्तै यो गीतले पनि दर्शक स्रोताको मन जित्नेमा आँफू विश्वस्त रहेको बताएका छन् । खड्का पछिल्लो समयका एकदमै व्यस्त गायकका रुपमा परिचित छन् ।

खड्काका एक पछि अर्को गर्दै चर्चित चर्चित गीतहरु बजारमा आईरहेका छन् । पछिल्लो समय मात्रै न्याउली चरी बजारमा ल्याएका खड्काले दर्शक स्रोताको मन जित्न सफल भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया