लोक तथा दोहोरी गायिका विष्णु माझी र गायक रामु खड्काको आवाजमा ‘सोझोपन’ सार्वज्निक भएको छ । सन्ध्या केसीको शब्द तथा गायक स्वयम् खड्काको संगीत रहेको उक्त गीतमा माया गर्ने प्रेमिहरु बाध्यताले बिछोडिएपछि एकअर्कालाई आरोप लगाउदै सम्झिएको भावलाई समेटिएका् छ ।
खड्का गीत गाउनुका साथै लेखन र संगीतमापनि सफल मानिएका लोकसर्जक् हुन् । उनका श्रृजनामा थुप्रै गीतहरु बजारमा आईसकेका छन् जस्लाई दर्शकश्रोताले अत्यधिक रुचाएकापनि छन् ।
बिछोडिएपछि उसैको नाममा चिठ्ठी लेख्नु, उसैलाई सम्झिएर रुनु अनि हरेक रात उसैलाई सपनिमा देख्नु र उसैलाई आरोप लगाउदै तडिपएको भावलाई सारिका केसी र हरिकुमार श्रेष्ठले अभिनयमार्फत उतारेका छन् ।
बिनोद बाजुरालीको संगीत् संयोजन रहेको उक्त गीतमा कपिल लामाले निर्देशन गरेका छन् । गीतलाई मालती डिजिटल प्रालिको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतले सबैको मन जितोस हाम्रो शुभकामना ।



विष्णु माझी र रामु खड्काको आवाजमा ‘सोझोपन’ गीतको भिडियो सार्वजनिक
फेसबुकबाट तपाइको प्रतिक्रिया