लोक तथा दोहोरी गायक मोहन खड्काको एकल गीत “न्याऊली चरि” बजारमा आएको छ । गायक स्व्य् खड्काकै शब्द रहेको गीतमा मोहन खड्काको शब्द अलिफ खानको लय रहेको छ ।
गीतमा आफुले माया गरेको मान्छे टाढिएपछि अथवा धोका दिएपछि एकल प्रेमिको पिडाले भरिएको कथालाई उतारिएको छ । मायाभन्दापनि धनपैसालाई ठुलो मानेर चोखो माया गर्ने प्रेमिलाई छोडेर अर्कैसंग गएपछि त्यहि मान्छेबाट आफुलेपनि धोका पाएको भावलाई आयुष्मा कार्की, तेजेन्द्र गौतम र विनोद गैरेले अभिनयमार्फत उतारेका छन् ।
निर्देशक कपिल लामाले निर्देशन गीतलाई मेरी आमा म्युजिक प्रा.लि. ले बजार व्यवस्थापन गरेको हो भने गायक मोहन खड्काको अफिसियल युट्युवमार्फम सार्वजनिक गरिएको हो ।



मोहन खड्काको “न्याऊली चरि” मा आयुष्मा, तेजेन्द्र र विनोदको अभिनय (भिडियोसहित)
फेसबुकबाट तपाइको प्रतिक्रिया