देबि घर्ती र क्षितिज सलामी मगरकाे “टल टल टल्किने ऐना” बाेलकाे गित सार्वजनिक

लोक दोहोरी गायक क्षितिज सलामी मगरको प्रस्तुतीमा होमराज सुनामको उत्कृष्ट लय, शब्द सृजनामा रहेको नयाँ गीत “टल टल टल्किने ऐना” सार्वजनिक भएको छ । उक्त गीतमा क्षितिज सलामी मगर र देबी घर्ती मगरको स्वर रहेको छ ।

चर्चित निर्देशक शिब बिकको निर्देशनमा रहेको सो गीतमा ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । सो गीतको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो देबी घर्ती मगरको युटुब च्यानलबाट बजारमा आएको छ । आफु जहाँ भएता पनि नेपाली माटो र नेपाली गीत संगीतलाई नबिर्सने साथै नेपाली गीत संगीतलाई निरन्तरता दिने कुरामा क्षितिज सलामी मगरले बिश्वस्त दिलाए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया