लोक तथा दोहोरी गायक ईश्वर सिंह र गायिका निरु श्री मगरको फूल पहेंलै बजारमा आएका छ । शिव अखेलीको शब्द तथा गायक स्वयम् ईश्वर सिंहको संगीत रहेको उक्त फूल पहेंलैे गीतमा बिनोद भण्डारी र जुना गुरुङको अभिनय रहेको छ ।
बिनोद र जुनुको जोडीलाई कपलु कोरेरबाट दर्शकले अत्याधिक रुचाएका छन् । बिबाहमा गाईने अनि नाचिने पन्चेबाजामा आधारित गीत फूल पहेंलैमै हिजोमात्रै सार्वजनिक गरिएको हो । भण्डारीकै निर्देशन रहेको उक्त गीतमा आफ्नो परदेशिएको लाहुरे माया फर्किएपछि एकअर्काको मनको भावनालाई पोखिएको भावलाई कथामा उतारिएको छ ।
निर्देशक भण्डारीले निर्देशन गरेका यो भन्दा अघिका गीतहरुलाई दर्शकश्रोताले अत्यधिक रुचाएका छन् । मोडेल संगै निर्देशन क्षेत्रमापनि आफुलाई अब्बल सावित गराउन सफल भण्डारी पछिल्लो समय कलाकारको रोजाईमापनि पर्नुभएको छ ।
गीतलाई गायक सिंहको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएके हो । गीतले सबैको मन पजतोस हाम्रो शुभकामना ।



कपलु कोरेरबाट अत्याधिक रुचाइएको जोडी बिनोद र जुनुको ‘फूल पहेंलै’ (भिडियोसहित)
फेसबुकबाट तपाइको प्रतिक्रिया