लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुर उपत्यका समन्वय समितीले स्वास्थ्य शिविर गर्ने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितीले स्वास्थ्य शिविर, रक्तदान तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सो कार्यक्रम आगामी फागुन १७ गते शनिबार ललितपुरस्थित जावलाखेलको खेल मैदानमा गर्ने भएको हो ।

‘हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन’ भन्ने मुलनाराका स्थापित ललितपुर प्रतिष्ठानले कलाकारहरुको नाक, कान, घाटी जाँच गर्ने आयोजकले जनाएको छ । उक्त स्वास्थ्य शिबिर रक्तदान कार्यक्रममा अल्का अस्पताल प्रालिले डाक्टर तथा चिकित्सकहरु उपलब्ध गराई सहयोग गर्ने भएको छ ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समिती आयोजक रहने छ भने उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समिती सहयोजकको रुपमा रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितीका अध्यक्ष सुजन बराईलीले जानकारी दिए ।

त्यस्तै हरेक कलाकारहरुको स्वास्थ्यमा उत्तारचढाव आईरहने भएको हुँदा कलाकारहरुको नाक कान, घाटी जाँच संगै बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको पनि बराईलीले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया