गायिका प्रिती आलेले लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट राजीनामा दिएकी छिन् ।
उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति सदस्य एवं महिला संयोजक पदमा थिइन् । उनले एक विज्ञप्ति निकाल्दै संस्थाबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।
केही दिन अघि सार्वजनिक भएको उनको गीत ‘भुत्रो मायाजाल’ यति बेला निकै चर्चामा छ । गीत मा प्रयोग भएको शब्दले नेपाली गीत सङ्गीत मा एउटा बहस सुरु गरिदिएको छ ।
गायिका आलेकै शब्द र सङ्गीतमा तयार भएको गीतको ‘भुत्रो’ शब्दको प्रयोगले दुई थरीको अर्थ दिने भन्दै सामाजिक सञ्जालमा निकै चर्चा पनि भएको छ । धेरैले यस्ता शब्दको प्रयोग छाडापन भएको भन्दै प्रतिक्रिया जनाएका छन् ।
आलोचकले गीत लाई इन्टरनेटबाट हटाउनु पर्ने दबाब आउँदा आफूले कुनै हालतमा पनि गीत नहटाउने प्रतिक्रिया उनले दिएकी थिइन् । गीतलाई लिएर विवाद चुलिएका बेला उनले प्रतिष्ठानबाट राजीनामा दिएकी हुन् ।



लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट प्रिती आलेले दिइन् राजिनामा
फेसबुकबाट तपाइको प्रतिक्रिया