नायक बन्दै प्रकाश सपुत

पछिल्लो समयमा लोक दोहोरीबाट धेरै चर्चा र सफलता कमाएका लोक गायक प्रकाश सपुतलाई चलचित्रमा नायकको रूपमा देख्न पाइने भएको छ।

२०७२ सालको हिट फिल्म परदेशी इन्डियन आइडल प्रशान्त तामाङले नायकको भुमिका निर्वाह गरेका थिए। प्रशान्त तामाङ नायकको रूपमा बनाइएको परदेशी फिल्मले नेपाली दर्शकहरुको मन जितेको थियो।

परदेशी फिल्म हिट भएपछि परदेशी २ बन्ने भएको हो। दर्शकको माग अनुसारको फिल्म बन्ने निर्देशक नारायण रायमाझी बताउँछन् । परदेशी २ सिक्वेलबाट नायकको रूपमा गायक प्रकाश सपुत देख्न पाइने छ। गायकबाट नायक बनेका प्रकाश सपुत अब नेपाली फिल्म लाइनमा लागेका छन् ।

आगामी फागुनबाट छायांकन शुरू हुने परदेशी २ मा मुख्य कलाकारको रूपमा प्रकाश सपुत हुने छन् । दुई वर्षअघि बोल माया गायनसँगै अभिनयमा सपुत चर्चामा आएका थिए।त्यसपछि सपुतलाई गलबन्दी बोलको गीतले अझ चर्चामा ल्याएको थियो ।

स्कुले जीवनमा नाटकमा खेलेको बताउने सपुत काठमाडौ पनि हिरो बन्ने सपना बोकेर आएका थिए
अब हिरो बन्ने सपना परदेशी २ बाट पूरा हुने बताउँछन् प्रकाश सपुत।

परदेशी चलचित्र नारायण रायमाझी को निर्देशनमा बन्ने भएको छ। अहिले फिल्मको स्क्रिप् सँगै गीतसंगीतको काम भइरहेको छ।

फिल्मको बाँकी कलाकारको चयन पनि चाँडै हुने बताउँछन् निर्देशक रायमाझी, वैदेशिक रोजगारीमा गएका‌ युवाको कथामा आधारित चलचित्र आगामी फागुनबाट छायांकन शुरू हुँदैछ।

फेसबुकबाट तपाइको प्रतिक्रिया