काठमाडौं । भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै दावि गरिरहेको छ । करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो ।
भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नकसामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो बनाएको छ ।
नेपाली भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध, प्रर्दशन गर्दै आईरहेको छ । यहि बिषयमा अहिले नेपाल र भारतबिच बिबाद देखिएको छ ।
आफ्नो नेपाललाई बचाउन सिंगो नेपाल एक जेट बनेको छ । तर भारतले भने बिभिन्न बहाना र कारण देखाउँदै आफ्नो भन्नेमै लागिरहेको छ । सिंगो नेपाली यी भारतले आफ्नो भनिएका भुभागलाई फिर्ता लिन लागिरहँदा यहि विषयमा गीतहरुपनि दिनहुजसो बजारमा आईरहेका छन् ।
यसैक्रममा लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको ‘कहिले बोल्छ देश रु’ बोलको गीत भर्खरैमात्रै बजारमा आएको छ । गीतमा गायक चलाउने र गायिका शान्ती श्री परियारको आवाज रहेको छ ।
गीतमा शब्द र संगीतपनि चलाउनेकै रहेको छ । हत्या, बलात्कार, चोरी, डकैटी, घुस , लुटतन्त्रले ग्रसित देशको अवस्था देखेर हार खाएर बिदेशिएको आफ्नो देशलाई धेरै माया गर्ने युवाको भाव र कथालाई समेटिएको उक्त गीतमा स्वयं गायक चलाउनेले देश छोडरे बिदेशिएको र अब देशमा नफर्कने निधो गर्दै बिरानो मुलुक बिदेशमै आफ्नो देह त्याग गरेको भावलाई अभिनयमार्फत उतारेका छन् ।
चलाउनेसंगै हिउँवाला गौतम र जुना गुरुङको अभिनय रहेको छ । गीतलाई गायक स्वयं चलाउनेको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतलाई हरि विष्टको निर्देशन गरेका छन् ।



लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको ‘कहिले बोल्छ देश ? सार्वजनिक
फेसबुकबाट तपाइको प्रतिक्रिया