भनिन्छ संगै हुदा एक अर्काको महत्व बुझ्न सकिन्न । एउटा भनाइ नै छ नि – ‘ सित्तैमा पाइने अक्सिजन अस्पतालमा कति महँगो पर्छ ।’ सम्बन्धको तराजुका दुइ तुलो हुन् , श्रीमान् श्रीमती । माया , बिस्वास अनि साथमा अलिकति तलमाथि हुनासाथ तराजुको ब्यालेन्स बिग्रिन्छ । एक अर्काको साथ् र मायालाई सबैले संगै हुदा महसुस गर्न सकौ ।
साना कुरामा मन दुखाउदै सम्बन्धको ब्यालेसं बिगार्नु श्रीमान् श्रीमती दुबैका लागि नराम्रो कुरा हो । बिस्वासको अभाबमा संकटमा परेका र पर्न लागेका सबै सम्बन्धकाहरु बलियो बनुन । साना कुरामा मन दुखाएर हैन , एक अर्काको मन बुझ्दै कदममा कदम मिलाएर हिड्नु नै साचो अर्थमा बैबाहिक सम्बन्ध हो ।
कसैको पनि सम्बन्ध कहिले नछुटोस , यहि कामना सहित लोक दोहोरि गायक उद्दब कार्की र गायिका पार्बती कार्कीको स्वरमा रहेको मौलिक दोहोरि गीत – ” जुटौं भो नछुटौं ” सार्बजानिक भएको छ । शिबपुरी म्युजिकको ब्यानरमा निर्माण भएको गीतको भिडियोलाइ प्रोसिस तिमल्सिनाले निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा गायक कार्की संगै चर्चित मोडल अनु पराजुली , पूर्ण प्रसाद ढुंगाना तथा बाल कलाकार हृदम सुबेदी र प्रितिका पौडेल लगायत कलाकारको अभिनय रहेको छ । क्यानाडा निबासी मुरारी अधिकारीको सब्द रचना रहेको गीतलाई गायक कार्कीले नै संगीत गरेका हुन् । गीतको भिडियोलाई बिरेन्द्र भट्टले खिचेका हुन् । अनिल रानाले भिडियो सम्पादन गरेका हुन् ।
हेर्नुहोस तपाई पनि मौलिक दोहोरि गीत – जुटौं भो नछुटौं । तपाइको सल्लाह साथ र सकारात्मक प्रतिक्रियाको आशामा निर्माण टिम रहेको निर्देशक तिमल्सिनाले फेसबुक मार्फत जानकारी गराएका छन् ।



गायक कार्कीको मौलिक दोहोरि गीत – ” जुटौं भो नछुटौं ” सार्बजानिक
फेसबुकबाट तपाइको प्रतिक्रिया