राजु परियादेखि बद्री पंगेनीसंग दोहोरी खेलेर मन जितेकी कमला घिमिरेको पहिलो रेकर्डिङ गीत ‘चिया छानेको’ भर्खरैमात्रै बजारमा आएको छ । चिया छानेको, बोलीले हसाउने कति जानेको बोलको गीतमा कमलाको आफ्नै जिवनकहानी समेटिएको छ ।
कमला र अमृत सापकोटाको आवाज रहेको गीतमा बरिष्ठ गीतकार रमेश बिजीको शब्द तथा खेम सेन्चुरीको लयसंगीतमा रहेको उक्त गीतमा नेपालका चर्चित कलाकारहरुको अभिनय तथा नृत्य रहेको छ ।
शंकर विसीको निर्देशनमा तयार पारिएको गीतमा चर्चित दोहोरी कलाकारहरु बद्री पंगेनी,रमेश बिजी,बिनोद बाजुराली ,खेम सेन्चुरी,अन्जली अधिकारी,शंकर बिसी,रिना थापा,करिश्मा ढकाल ,बिमल अधिकारी, मोहन खड्का,धुर्ब हिमाली ,मालती घले ,रबिना भण्डारी, एलिना रायमाझी, निलिमा ढुंगाना, सुबेक्षा नेपाल लगाएतका कलाकार संगै कमला घिमिरे र अमृत सापकोटालाई देख्न सकिन्छ ।
शम्भु कुंवरको प्रस्तुतीमा रहको गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रालिको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो । भिडियो निकै रमाईलो बनेको छ । गीतले सबैको मन जित्न सफल रहोस हाम्रो शुभकामना ।



राजु परियारदेखि बद्री पंगेनीसंग दोहोरी खेलेर मन जितेकी कमलाको पहिलो गीत ‘चिया छानेको’ बजारमा
फेसबुकबाट तपाइको प्रतिक्रिया