चर्चित गायक एबम् सर्जक जेबी ओलीले नयाँ सांगीतीक कोसेली “सम्बन्ध” नामक गीत भर्खरै बजारमा ल्याएका छन् । ओलीले बिगत देखी अहिले सम्म थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।
ओलीको सफल गीतहरु ठमेल बजारमा, दाङ घोराही तुलसीपुर, चौतारीको पिपल ढलेको, पैसा कमाउने, लगायत धेरै गीतहरु रहेका छन् । बिभिन्न शंका र उपशंकाले गर्दा बलियो सम्बन्ध पनि बिग्रन सक्छ । त्यसैले सचेत रहेर सम्बन्ध जोगाउनु पर्छ भन्ने सन्देश दिन उनले खोजेका छन् ।
बिगतका प्रस्तुतिहरु झैं यस गीतलाई पनि मन पराईदिनु हुने छ भन्ने उनले आशा गरेको कुरा ब्यक्त गरेका छन् । प्रस्तुत गीतमा जे.बि.ओलीलाई गायिका पूर्णकला बि।सी। ले स्वरमा साथ दिएकी छिन् भने लय, शब्द जे।बि। ले नै गरेका हुन् ।गीतको म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतमलाई समझ्दारी प्रेमीको रुपमा उभ्याइएको छ भने उनलाई पुजा पराजुलीले अभिनयमा साथ दिएकी छिन् ।
भिडियोलाई निर्देशन रेशम सापकोटाले गरेका छन् भने छायांकन दिनेश मुस्कान र सम्पादन रोशन धितालले गरेका हुन् । गीतको अडियो तथा भिडियोलाई जेबि ओलीको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।



गायक जेबि ओलीको गीत “सम्बन्ध” सार्वजनिक (भिडियो)
फेसबुकबाट तपाइको प्रतिक्रिया