वैदेशिक राजगारीलाई मुख्य विषयवस्तु बनाएर बजारमा ल्याइएको गीत कपलु कोरेरलाई दर्शककले अत्याधिक रुचाएका छन् । यो समाचार तयार पार्दासम्म युटुवको ट्रेन्डिङ नम्बर २३ मा छ । यो गीतलाई अहिलेसम्म ५ लाख दर्शकले हेरेका छन् । खेम सेन्चुरी र सुमधुर आवाजकी धनि गायिका सम्झना भण्डारीको आवाज छ ।
शब्द र संगीत स्वयम् सेन्चुरीकै रहेको उक्त गीतको थेगो ‘कपलु कोरेर’ स्वर्गिय तीर्थ बहादुर गन्धर्वको हो । भर्खरै बिहे गरेका नवजोडी आर्थिक अवस्था कमजोर भएका कारण छुट्टिनुपरेको अवस्थालाई मुख्य कथा बनाएर यस गीतमा दर्शाईएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीको लागि बुढा बुवा बिरामी आमा र जीवनसाथी आफु जन्मेको गाउँघरलाई छोडेर बिदेशीनु परेको दुखद अवस्थालाई कलाकार बिनोद भण्डारी र जुना गुरुङले वास्तविक अभिनय मार्फत उतारेका छन् ।
पछिल्लो समय स्वदेशमा बसेर रोजगार र आर्थिक अवस्था बलियो नहुनेभएपछि रहर र चाहना नहुँदानहुदैपनि धनपैसाको लागि बिदेशीने युवाहरुको संख्या बढ्दो छ । घरलाई श्रीगार्ने सपनामा बैदेशिक रोजगारीमा गएकाहरुको घर र माया सम्बन्ध बिग्रीरहेको पनि देख्न र सुन्नमा आईरहेको हुन्छ । गीतमा यस्ता कथाहरुलाई पनि समेटेको छ ।
आफ्नी मायालाई धनको भारी बोकेर फर्किन्छु, यति भन जीवनभर पर्खिन्छु भन्दै आग्रह गरेको पल निकै पिडादायी बनेको छ । हरेक नेपालीको वास्तविकतालाई बोलेको छ । शब्द, संगीत, आवाज अनि अभिनय सबै उत्तिकै शशक्त रहेको गीतलाई छोटो समयमानै अत्यधिक रुचाईएको छ ।
बिनोद बाजुरालीको संगीत संयोज रहेको उक्त गीतको कथा र निर्देशन कलाकार स्वयम् बिनोद भण्डारीले गरेका हुन् । गीतलाई पृथ्वी ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फम सार्वजनिक गरिएको हो ।



खेम, सम्झना र बिनोदको कपलु कोरेरलाई दर्शककले अत्याधिक रुचाए, कमायो यति धेरै दर्शक (भिडियो)
फेसबुकबाट तपाइको प्रतिक्रिया