रामकृष्ण ढकालको स्वरमा तिहार गीत सार्वजनिक, सरिता र प्रकाश सपूतको अभिनय (भिडियोसहित)

गायक रामकृष्ण ढकालको स्वरमा तिहार गीत सार्वजनिक भएको छ । ‘टीका माला’ बोलको गीतमा रामकृष्ण ढकालले स्वर भरेका छन् । रमेश बिजीको शब्द रहेको गीतमा संगीत बिबी अनुरागीले भरेका छन् ।

गीतमा प्रेम, धोका, कुलत तथा दिदी भाइबीचको आत्मीयतालाई तिहारको भाइटीकासँग जोडिएको छ । गीतको भिडियोमा अभिनेत्री सरिता लामिछाने र गायक प्रकाश सपुतले अभिनय गरेका छन् ।

दुर्गा पौडेलले खिचेको भिडियो संपादन नवीन घर्ती मगरले गरेका छन् । भिडियो निर्देशन शंकर बिसीले गरेका हुन् ।

गीत विन्दवासीनी म्युजिक प्राली बाट बजारमा आएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया