बहुचर्चित सर्जक एक नारायण भण्डारीको ‘देवीलाई रातो धजा छ’ यसकारण चर्चामा (भिडियोसहित)

बहुचर्चित सर्जक एक नारायण भण्डारीको शब्द तथा संगीतमा रहेको ‘देवीलाई रातो धजा छ’ अहिले सर्वत्र चर्चामा छ । लोक तथा दोहोरी गायक बसन्त थापा र सपना थापाको आवाजमा रहेको उक्त गीत बजारमा आएको छोटो समयमानै निकै रुचाईएको छ ।

पछिल्लो समयमा गीत बढि हेरिएको र रुचाईएको थाहा पाउने माध्यम बनेको टिकटकमापनि यो गीत निकै चर्चामा देखिएको छ । बिजया दशमीलाई लक्षित गरेर बजारमा ल्याईएको उक्त गीतमा एक अर्कालाई मन पराएका जोडीको मनको भावलाई दर्शाईएको छ ।

माया बसेपछि भन्दा सुरुवाती चरण बस्लाबस्ला जस्तो अवस्थामा अझैं रमाईलो र मजा छ भन्ने भावलाई गीतमा समेटिएका कारणपनि यो गीत बढि रुचाईएको हो । त्यसो त सर्जक भण्डारीका जतिपनि गीत बजारमा आउछन् ती सबै गीत लोकप्रिय र सर्वाधिक रुचाईन्छन् । भिडियोमा सुनिल क्षेत्रि र माला लिम्बुको अभिनय रहेको छ ।

गीतलाई भण्डारीको अफिसियल युट्युव च्यालनमार्फत सार्वजनिक गरिएको छ । सुनिल क्षेत्रिले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन र बिकाश ज्ञवालीले सम्पादन गरेका गरेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया