टेकन दाहालको एकल स्वरमा ‘कालो कोठी’ बोलको गीत सार्वजनिक भएको छ । प्रेम पाण्डे(अनुपम)को शब्द तथा सङ्गीत रहेको गीत आइतबार युट्युव मार्फत सार्वजनिक भएको हो ।
गीतको भिडियोमा हाँस्य टेलिशृङ्खला भद्रगोलका बले(सागर लम्साल) र मुन्नी(प्रियना आचार्य) फिचर्ड छन् । रमाइलो भाव सहितको भिडियोमा भागेर बिहे गरौँ भनी कर गरिरहेकी प्रेमिका मुन्नीलाई बलेले फकाइरहेका छन् ।
शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरले कोरियोग्राफी रहेको छ । भिडियोलाई अर्जुन तिवारी र क्रुले छायाङ्कन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गीत टेकन दाहालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।



टेकन दाहालको एकल स्वरमा ‘कालो कोठी’ बोलको गीत सार्वजनिक (भिडियो)
फेसबुकबाट तपाइको प्रतिक्रिया