मेलिना राई र केशवराज पराजुलीको आवाजमा रहेको ‘मकैको पिठो’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको आधुनिक शैलीको गीतमा शिल्पा पोखरेलले अभिनय गरेकी छिन् ।
गीतमा प्रदीप त्रिपाठीको संगीत र शब्द रहेको छ भने प्रकाश केसीले एरेन्ज गरेका हुन् । रविन थापा मगरको छायांकन तथा सम्पादन रहेको यो भिडियोमा शिल्पा पोखरेलसँगै नरेन खड्कालाई फिचरिङ गरिएको छ । यस्तै भिडियोलाई शेरबहादुर गुरुङले निर्देशन गरेका हुन् ।
छवि ओझासँगको विवादका कारण केही समय हराएकी शिल्पाा काममा फर्किएकी छिन् ।



केही समयपछि काममा फर्किइन नायिका शिल्पा मकैको पिठो भन्दै नाचिन् (भिडियो)
फेसबुकबाट तपाइको प्रतिक्रिया