गीत रिलिज: ‘पोइ पर्‍यो काले’ भन्दै श्रृष्टी, पुजा र सुरक्षा (भिडियो)

शिशिर राणाको निर्देशनमा बनेको चलचित्रशिशिर राणाको निर्देशनमा बनेको चलचित्र ुपोइ पर्‍यो कालेु को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष ओएसटी गीत सार्वजनिक गरिएको हो । भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष ओएसटी गीत सार्वजनिक गरिएको हो ।

रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको सङ्गीत र नृपेश उप्रेतीको शब्द रहेको छ । सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर र सुरक्षा पन्त फिचर्ड छन् । रामजी लामिछानेको कोरियोग्राफीमा कलाकारहरूले कम्मर मर्काएका छन् । चलचित्रको मर्म बोकेको गीत सुन्दर र रमाइलो बनेको छ ।

चलचित्रमा सौगात, पूजा, आकाश, श्रृष्टी, सोहित, सुरक्षाका साथमा किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक राणा कै रहेको छ यसै गरी शिव ढकालले चलचित्र खिचेका हुन् । चलचित्रका गीतमा सुवास भुसाल र पुरुषोत्तम न्यौपानेले सङ्गीत भरेका छन् । दीपक मनाङ्गे र अ ।देवी राई निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार हुन् ।

https://www.youtube.com/watch?v=bNozwMbyAsk

फेसबुकबाट तपाइको प्रतिक्रिया