‘मुगलान’को ‘पिन्टु पियारी’ गीत सार्वजनिक, दर्शकको रुचि बढ्दै

रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’को नयाँ गीत ‘पिन्टु पियारी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार युना डिजिटलको युटुब च्यानलमार्फत गीत रिलिज गरेको हो।

डान्सिङ शैलीको यस गीतमा प्रभात पाल र स्मारिका ढकालको आकर्षक नृत्य देख्न सकिन्छ। सार्वजनिक भएको केही बेरमै भिडियोले दर्शकको मन जित्न सफल बनेको निर्माण पक्षको दाबी छ।

गीतमा हरि गिरी (बिमर्शी) र शान्तीश्री परियारको स्वर रहेको छ। गीतका शब्द, संगीत हरि गिरी (बिमर्शी) ले नै गरेका हुन्। गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ एचबिएन किस्मतले गरेका छन् भने रेकर्डिङ राज खड्काकाे हो।

यसअघि फिल्मले केही प्रचार–प्रसार सामग्री सार्वजनिक गरिसकेको थियो।

फिल्ममा प्रभात पाल र स्मारिका ढकालसहित श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख. ब. पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलाको अभिनय रहेको छ।

आशिष ढकालद्वारा लेखन तथा निर्देशन गरिएको फिल्मका निर्माता गोमन सिंह हुन्। फिल्मका को–प्रोड्युसर रिता चौधरी रहेकी छन्। फिल्मका सम्पादक तारा थापा ‘किम्भे’, द्धन्द निर्देशन जय बिष्ट र राम गुरु, बिजिएम रिदम कँडेल र कोरियोग्राफर देबेन्द्र कुँवर छन्। फिल्मका डीओपी अजय रेग्मी हुन्।

फिल्ममा किरण भुषालले संगीत दिएको छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (बिमर्शी) लगायत कलाकारको स्वर समावेश छ।
गीत लेखनमा **आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (बिमर्शी) को योगदान छ।

फिल्मको वितरण आर आर फिल्मसले गर्ने भएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया