‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ गीत शनिबार रिलिज हुँदै

अर्जुन घिमिरे पाँडे निर्देशित फिल्म ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ बोलको गीत शनिबार बिहान सार्वजनिक हुने भएको छ। गीतमा अभिनेत्री दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार देखिनेछन्। अधिकारी र लामाले फिल्ममा अतिथी भूमिकामा अभिनय गरेका छन्।

गीतमा समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको छ। गीतका शब्द, संगीत र संयोजन रमेश परियारले गरेका हुन् भने मौसम हिमालीले कोरियोग्राफी (नृत्य निर्देशन) गरेका छन्। फिल्मका छायाँकार बुद्ध थापा हुन्।

फिल्मकी निर्मात्री अनिशा सेन्दाङ लिम्बु हुन्। अनु थापा, पंकज खड्का र राम कार्की सह–निर्माता तथा योगेश खतिवडा र विनोद कँडेल लाइन प्रोड्युसर हुन्। फिल्म नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो।

पुस ४ गते रिलिज मिति तोकिएको यस फिल्ममा बरिष्ठ कलाकारहरूको पनि सशक्त अभिनय रहेको बताइएको छ। अभिनेता गणेश उप्रेती लामो समयपछि अमेरिकाबाट नेपाल फर्किएर यसै फिल्मको सुटिङमा सहभागी भएका थिए।

फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई लगायतका कलाकारको अभिनय रहेको छ।

यस फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् भने बाल कलाकार दिप्सन चिलवाल पनि देखिनेछन्।

फिल्मको कथा निर्देशक अर्जुन घिमिरेकै हो भने पटकथा र संवादमा गणेश कार्की र विशाल घिमिरेको सहकार्य रहेको निर्माण पक्षले जनाएको छ।

फिल्मको पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिने भएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया