नेपाली संगीत क्षेत्रमा नयाँ गीत ‘बेली चमेली’ सार्वजनिक गरिएको छ । स्वाती भाटको मुख्य स्वरमा रहेको यो गीतमा बिनोद ढकालको र्याप र निशाद चन्द्राको संगीत संयोजन रहेको छ। गीतको मिक्स–मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ् इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन् ।
भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत सहकार्यमा तयार गरिएको गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा अभिनेता पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको मनमोहक अभिनय र नृत्य प्रस्तुत गरिएको छ । उनीहरूलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ दिएका छन् ।
भिडियोको निर्देशन र कोरियोग्राफी कवीराज गहतराजले गरेका हुन्। भिडियोमा पल शाहलाई फरक र रोचक शैलीमा प्रस्तुत गरिएको छ, जहाँ श्वेताले उनको हातमा हतकडी लगाउने दृश्यले दर्शकमा कौतूहलता जगाउँछ । यो दृश्य वास्तविक नभई भिडियोमा देखाइएको काल्पनिक प्रसंग हो ।
गीतको भिडियोका सुरेश जोशी प्रस्तुतकर्ता हुन् भने सुदिप बरालले छायांकन, बन्दे प्रसादले सम्पादन र रेनिस फागोले कलर सम्पादन गरेका छन् ।
सार्वजनिक भएको एक दिनमै ‘बेली चमेली’ले युट्युब र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया र चर्चा बटुलिरहेको छ ।



‘बेली चमेली’ गीत सार्वजनिक, पल शाह र श्वेता महराको रोचक केमेस्ट्री
फेसबुकबाट तपाइको प्रतिक्रिया