‘माइतीघर’को व्यापार आक्रामक, कलाकार टोली नेपालगञ्ज जाँदै

फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’ ले मोफसलमा समेत आक्रामक व्यापार गरिरहेको छ। रिलिजको सातौँ दिनसम्म आइपुग्दा पोखरा, चितवन, दाङ, कावासोती, नेपालगञ्ज, वुटवल र सुर्खेतलगायतका शहरमा फिल्मको व्यापार र बुकिङ दुबै आक्रामक रहेको वितरण पक्षले जनाएको छ।

चितवनदेखि पश्चिमका अधिकांश स्टेशनमा दर्शकको चाप उच्च रहेको छ भने पूर्वका हलमा पनि व्यापार सुखद देखिएको निर्माण पक्षको दाबी छ। काठमाडौंका हलहरूमा समेत दर्शकको उपस्थिति उल्लेख्य रहेको छ।

व्यापार पश्चिमतर्फ निकै आक्रामक देखिएपछि कलाकार टोली दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न नेपालगञ्ज जाने तयारीमा छ। मंगलबार र बुधबार सिने रोयल र क्यूएफएक्स बागेश्वरी हलमा कलाकार र दर्शकबीच अन्तर्क्रिया हुने भएको छ।

नेपालगञ्जमा हुने कार्यक्रममा नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी, कलाकार केदार प्रसाद घिमिरे, वुद्दि तामाङ, प्रकाश सपुतलगायत सहभागी हुनेछन्।

रोहित अधिकारीको निर्माणमा बनेको यस फिल्मलाई मिलन तामाङले निर्देशन गरेका हुन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया