र्‍यापर हनी सिंह र टीना थडानीको ब्रेकअप

बलिउडका चर्चित गायक तथा र्‍यापर हनी सिंहले भर्खरै नयाँ जीवन सुरु गरेका छन् । बिरामीका कारण लामो समय गायन क्षेत्रबाट टाढा रहेपछि उनी अहिले पुःन फर्कने तयारीमा छन् । हनी यतीबेला आफ्नो प्रोफेशनलसँगै पर्सनल लाइफलाई लिएर पनि निकै चर्चामा छन् । उनको र अभिनेत्री–मोडल टिना थडानीको ब्रेकअप भएको खबर यतीबेला सार्वजनिक भइरहेको छ । यसअघि उनीहरुको अफेयरको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार हनी र टीनाबीच ठीक चलिरहेको छैन । यी दुवै अहिले छुट्टै बस्दै आएका छन् । साथै एकअर्कासँगका सबै फोटो डिलिट गरेका छन् । यो खबर बाहिरिएसँगै हनी र टीनाका फ्यानहरु निकै दुःखी भएका छन् । सन् २०२२ सेप्टेम्बरमा, पत्नी शालिनी तलवारसँग सम्बन्धविच्छेद गरेपछि हनी सिंगल थिए । त्यसपछि टीना थडानीसंग उनकाे नाम जोडिएको थियो । दुवै एकअर्कासंगै बस्दै आएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया