बशन्ति लामाको अर्को सफलता“नेपाल गए कपाल सँगै”गित चर्चामा {भिडियो}

लामो संघर्षले बशन्ति लामालाई मिल्यो एक पछि अर्को सफलता”नेपाल गए कपालसँगै गित सार्वजनिक भएसंगै चर्चा
काठमाडौं( गित संगीत भने पछी हरुकै हुने गायिका बशन्ति लामा बिगत लामो समय देखि यहि क्षेत्रमा निरन्तर लागेकी छन् । जीवनको लामो समय नेपाली गीतसंगीत क्षेत्रका लागि संघर्ष गरिरहेकी लामा पछिल्ला दिन पनि संगीत जगतमै क्रियाशिल छन् । उनका थुप्रै गीतहरू स्रोता दर्शकका मनरमस्तिष्कमा प्रिय छन् । अहिले आफूलाई एक स्थापित गायिकाको रूपमा चिनाइसकेकी छिन् ।

विशेषतःआधुनिक तथा पप गीत गाउने बशन्ति लामाले केही लोक गीत पनि गाएकी छिन् । बिभिन्न भाषाभाषी,सन्देशमुलक गित गाईसकेकी लामाले धेरै समयको अन्तराल पछी यो गित सार्वजनिक गरेकी हुन् । गायिका लामाको स्वरमा ३ दर्जन भन्दा बढी गित सार्वजनिक भैसकेका छन् ।

आजसम्म प्राप्त गरेको उपलब्धीले आफू सन्तुष्ट रहे पनि संघर्ष भने अझै जारी रहेको गायिका लामाको भनाइ छ । पछिल्लो समय नेपाली संगीत बजारमा देखिएका विकृतरूप उनले नियालीरहेकि छन् तर, उनलाई यो विकृतरूप खासै नयाँ लाग्दैन । तैं चुप मैं चुप भनेझैं उनी पनि चुप बसेकी छन् । ‘सांगीतिक करियरमा थुप्रै बसन्त कटाएँ । हिजो संगीतमा लाग्दा त्यो विद्यार्थी विग्रन्छ भन्ने वातावरण थियो, आज यसैमा करियर बनाउन प्रेरित गरिन्छ । नेपाली संगीत बजार पनि परिवर्तित छ ।

सांगीतिक क्षेत्रमा अहिलेसम्म सक्रिय लामा यही क्षेत्रमा स्थापित गायिका हुन्,भन्छिन् अब बाटो मोड्न पनि सक्दिन। गीतसंगीतमै मैले जीवन अर्पण गरिसकें र गरिरहने छु। गायनमा लाग्दाका सुरुवाती दिनमा उनलाई गायनमा संघर्ष गर्न निक्कै गाह्रो भयो । मान्छेले जीवनमा हरेक दिन हरेक क्षण नै संघर्ष गरिरहेको हुन्छ। गायिका भएर स्थापित हुन वर्षौँ लाग्यो । मैले धेरै संघर्ष गर्नु प्र्यो अझै पनि त्यहि संघर्षको बाटोमा छु भन्दा फरक पर्दैन ।

मैले बुझे अनुसार हरेक क्षेत्रमा अघि बढनको लागि कि आर्थिक रुपमा पहुच हुनु पर्छ त् कि आफ्नो मान्छेको पहुच हुनुपर्छ । यो दोश्रो पाटो हो भने पहिलो कुरा हरेक क्षेत्रमा अगाडी बधनको लागि आफु बलियो यात जुन कुरा आफुले अगालेको छ अगाल्न खोजिएको छ त्यो क्षेत्रमा आफु दख्खल हुने पर्छ । त्याग र साधना अतिनै आवश्यक हुन्छ ।

यसै सन्दर्भमा नेपालि गितसंगीतको बजारमा एक पछि अर्को गित बजारमा आउने क्रममा आधुनिक गायिका बशन्ति लामा र बाबुल गिरीको स्वरमा नयाँ लोक गित”नेपाल गए कपालसँगै भोट बर्मामा”आज एक कार्यक्रमका साथ् केन्द्र मोसनको युटुब च्यानलबाट सार्वजनिक भएको छ । गायक बाबुल गिरीको शब्द सृजना तथा संगीत रहेको छ ।

सुरेन्द्र मल्लले निर्देशन गरेको म्युजिक भिडियोमा गम्भीर बिष्टले कोरियोग्राफर गरेका छन् भने चक्र बहादुर बरालले छायांकन गरेका छन् । सिलान लम्सालले सम्पादन गरेको म्युजिक भिडियोमा पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय मोडल पल शाह,प्रिज्मा,प्रिन्सा,अब्रिन,यादब र विमलाको अभिनय रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया