बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तले न्याय नपाएको विषयमा लेखिएको गीत सार्वजनिक भएको छ। ‘माफ गर निर्मला’ बोलको गीतलाई राजु बाबु श्रेष्ठले लेखेका हुन्। गीतमा संगीत, एरेञ्ज र स्वर संगीतकर्मी हरि लम्सालको रहेको छ।
गीतको डिस्कृक्रिप्सनमा लेखिएको छ, ‘तमाम निर्मलाहरुप्रति समर्पित’ भनेर लेखिएको छ। बलात्कारपछि हत्या भएकी निर्मलाले अहिलेसम्म न्याय पाएकी छैनन। उनको हत्यारा पत्ता लागेको छैन। गीतमा भनिएको
‘सुन्नु पर्नेले सुन्दैन, बुझ्नु पर्नेले बुझ्दैन,
गरिबको जुनी सस्तो भो, न्याय मरेको जस्तो भो’
गीतको शाब्दिक भिडियो सार्वजनिक भएको छ। यसलाई लोकेश भटले निर्माण गरेका हुन्।



न्याय नपाएकी निर्मलासँग माफी मागिएको गीत ‘माफ गर है निर्मला’ सार्वजनिक
फेसबुकबाट तपाइको प्रतिक्रिया