चर्चित गायक नरेश खातीको ‘माया मारेर’ बजारमा (भिडियोसहित)

कोरोना कहरका विचमा पनि गायक नरेश खाती र गायिका समीक्षा अधिकारीको स्वरमा ‘माया मारेर’ बोलको गीत रिलिज भएको छ ।

गीतको शब्द र संगीत खातीले नै दिएका छन् । गीतका एरेञ्जर कृष्ण बिक हुन् । गायक खातीले लकडाउनका बेला भए पनि गीत आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।

गायक खातीले यसअघि ‘मेरी छोरी’ बोलको गीत ल्याएका थिए । सो गीतले एक करोडभन्दा धेरै भ्यु पाएको थियो । म्युजिक भिडियोको निर्देशन गायक खातीले नै गरेका छन् । भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

म्युजिक भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, जेम थापा, बलबहादुर, नरेश खाती र समीक्षा अधिकारीले अभिनय गरेका छन् ।

 

 

फेसबुकबाट तपाइको प्रतिक्रिया